आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

नागढुंगाका प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीको फन्दामा 


  • 181
    SHARES
  • https://indrenipost.com/posts/9116
    जेठ १, २०८२ बिहीबार
    नागढुंगाका प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीको फन्दामा 

     काठमाडौँ । काठमाडौँको नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साह कारबाहीमा परेका छन् ।  बुधवार सडकमै साहले प्रहरी सहायक हवल्दारलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  

    सहायक हवल्दारमाथि कुटपिट गर्ने प्रहरी निरीक्षक साहको जिम्मेवारी खोसिएको प्रहरी अतिरिक्त महानिरीक्षक टेक तामाङले रातोपाटीलाई बताए । साहमाथि छानबिन सुरु भएको उनले बताए । साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ ल्याइएको बताउँदै अनुसन्धानपश्चात् थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले बताए । उनका अनुसार घटना आज दिउँसोको हो । 

    कुटाई खाने सहायक हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए । ट्राफिक प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख हुन् । यद्यपि सहायक हवल्दारले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको उनले आफ्नो कमाण्डमा जानकारी गराएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij