आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

परराष्ट्रमन्त्री राणाले कतारका विशेष दूतसँग फेरि गरिन् विपिन रिहाइको पहलका लागि आग्रह

  • 334
    SHARES
  • https://indrenipost.com/posts/9137
    जेठ ३, २०८२ शनिबार
    परराष्ट्रमन्त्री राणाले कतारका विशेष दूतसँग फेरि गरिन् विपिन रिहाइको पहलका लागि आग्रह

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन र दिगोपन सम्बन्धी विशेष दूतसँग विपिन जोशीको अवस्था र नेपाल फिर्तीका लागि थप पहल गर्न अनुरोध गरेकी छन्।

    सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटमा मन्त्री राणाले यस्तो आग्रह गरेकी हुन्। भेटमा हमासको अपहरणमा परेका नेपाली युवक विपिन जोशीको अवस्थाबारे कुराकानी भएको थियो।

    मन्त्री राणाले विपीन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि कतारले गरेको प्रयासप्रति धन्यवाद दिँदै यो विषयमा निरन्तर पहल गर्न र जोशीको रिहाइका लागि थप प्रयास गर्न अनुरोध गरिन्। यसअघि पनि मन्त्री राणाले कतारका विदेशमन्त्री र इजरायल९हमास शान्ति वार्ताका मध्यस्थकर्तासँग विपिनको रिहाइका लागि बारम्बार अनुरोध गरेकी थिइन्।

    सन् २०२३ देखि हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ र नेपाल फिर्तीका लागि सहयोग गर्न सरकारले विश्व समुदायसँग अनुरोध गर्दै आएको छ। शुक्रबारको भेटमा मन्त्री राणाले सगरमाथा संवादमा कतारको सहभागिताप्रति धन्यवाद दिँदै आगामी दिनमा जलवायु परिवर्तनको असर कम गर्न सहकार्यका विषयमा पनि कुराकानी गरेकी छन्। रासस

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij