शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

भारतमा विद्युत् निर्यात सुरु


  • 451
    SHARES
  • https://indrenipost.com/posts/9198
    जेठ ७, २०८२ बुधबार
    भारतमा विद्युत् निर्यात सुरु

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारत विद्युत् निर्यात सुरु गरेको छ । शनिबार रातिबाट भारतमा विद्युत् निर्यात सुरु भएको प्राधिकरणले जनाएकाे छ । केही दिनको वर्षासँगै नदीहरूमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले प्राधिकरणले विद्युत् निर्यात गर्न थालेको हो ।

    प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खड्काले हाल नेपालले आन्तरिक माग पूरा गरेपछि भारततर्फ निर्यात शुरु गरिएको बताए । उनले भारतबाट ३५० मेगावाट विद्युत आयात भइरहेको अवस्थामा वर्षा शुरुभएसँगै उत्पादन बढेर आजैबाट आयात रोकेर निर्यात शुरु गरिएको बताए ।

    मन्त्री खड्काले हिउँदमा उत्पादन घटेका बेला करिब एक हजार ५५ मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको थियो। तर अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगहरूलाई समेत पर्याप्त विद्युत पुग्नेगरी आपूर्ति भइरहेको बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij