आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन, आइतबार मुद्दा दर्ता हुने


  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/9221
    जेठ ९, २०८२ शुक्रबार
    प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन, आइतबार मुद्दा दर्ता हुने

    काठमाडौं । प्रहरीले गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूविरुद्धको अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले करिब दुई महिना लामो अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो ।

    प्रहरीले यो घटनामा १ सय ८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको फाइल बुझाएको हाे। पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राजद्रोहको कसुर, आपराधिक उपद्रव, संगठित अपराधलगायतको मुद्दा चलाउनुपर्ने राय प्रहरीले प्रतिवेदनमा उल्लेख गरेको छ ।

    सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij