शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ को मृत्यु


  • 244
    SHARES
  • https://indrenipost.com/posts/9255
    जेठ १३, २०८२ मंगलबार
    बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ को मृत्यु

    काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

    नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनाग्रस्त जिप सडकबाट ८० मिटर खसेको छ ।दुर्घटनामा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्काको पनि ज्यान गएको छ ।

    सुदूरपश्चिम प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराका अनुसार दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij