शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

सरकारले बजेट भोलि ३ बजे प्रस्तुत गर्ने


  • 397
    SHARES
  • https://indrenipost.com/posts/9286
    जेठ १४, २०८२ बुधबार
    सरकारले बजेट भोलि ३ बजे प्रस्तुत गर्ने

    काठमाडौं । सरकारले बिहीबार बस्ने संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले भोलि बस्ने बैठकमा ३ बजे आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि बजेट प्रस्तुत गर्नेछन् ।
    भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै मंगलबारदेखि सदन अवरुद्ध गरेका विपक्षी दलहरूले बजेट ल्याउन भने दिने भएका छन् ।

    प्रतिनिधिसभामा बजेटअघि पेश गर्नुपर्ने चालु आर्थिक वर्ष २०८१र०८२ को आर्थिक सर्वेक्षण पनि बिहीबार नै संसद्मा प्रस्तुत हुनेछ । यस्तै, बजेट प्रस्तुत गर्नुअघि सार्वजनिक संस्थानको वार्षिक समीक्षा प्रतिवेदन पनि प्रस्तुत हुनेछ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारले आर्थिक सर्वेक्षण प्रस्तुत गर्न खोजेको थियो । तर, प्रतिपक्ष दलहरूले मंगलबार र बुधबार संसद् अवरुद्ध गरेकाले आर्थिक सर्वेक्षण पेश हुन सकेको छैन ।

    संघीय संसद् सचिवालयले भोलि दिउँसो १ः४५ बजे संघीय संसद्को संयुक्त बैठक आह्वान गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij