शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

४५ संस्थानमा सरकारको सात खर्ब लगानी, कुल सम्पत्ति २९ खर्ब १० अर्ब


  • 334
    SHARES
  • https://indrenipost.com/posts/9294
    जेठ १५, २०८२ बिहीबार
    ४५ संस्थानमा सरकारको सात खर्ब लगानी, कुल सम्पत्ति २९ खर्ब १० अर्ब

    काठमाडौँ । नेपालका सार्वजनिक संस्थानमा आर्थिक वर्ष २०८०/८१ सम्म सरकारको लगानी सात अर्ब तीन अर्ब ९३ करोड रुपैयाँ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ ।

    सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा ‘सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा, २०८२’ पेश गर्दै यस्तो जानकारी दिएका हुन्‌ ।

    हाल देशमा ४५ वटा सार्वजनिक संस्था सञ्चालनमा छन्‌ । जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व छ ।

    आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति अघिल्लो आर्थिक वर्षभन्दा २.०२ प्रतिशतले वृद्धि भइ २९ खर्ब १० अर्ब १७ पुगेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

    सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्म ५.८६ प्रतिशतले वृद्धि भइ सात खर्ब तीन अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

    यी संस्थानमा सरकारको शेयर लगानी तीन खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी तीन खर्ब ३९ अर्ब सात करोड रुपैयाँ रहेको अर्थमन्त्रीले बताएका हुन्‌ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij