आइतबार, साउन २५ गते २०८२ Aug 10 2025 Sunday
images
images

एसईई परिक्षाको नतिजा सार्वजनिक हुदै

  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/9370
    असार १३, २०८२ शुक्रबार
    एसईई परिक्षाको नतिजा सार्वजनिक हुदै

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको एसईईको नतिजा प्रकाशनको अन्तिम चरणमा पुगेको  बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन । केही प्राविधिक कुरा मिलाउनु पर्ने छ सो कुरा मिलाउन हामि लागि परेका छौ, सकेसम्म आजै नतिजा प्रकाशित हुन्छ शर्माले भने।

    शर्मा आफू बिहानै कार्यालय पुगेर अन्य सदस्यहरुलाई बोर्ड बैठको लागी बोलाएको जानकारी गराएका छन। २०८१ को एसईई परीक्षा चैत्र ७ गते देखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले बताएको छ ।
    एसईईको परिक्षामा सहभागी परिक्षार्थी नतिजा प्रकाशनको पर्खाइमा छन ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij