आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

कांग्रेस महाधिवेशन निर्धारित समयमा हुन्छ


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/9386
    असार १५, २०८२ आइतबार
    कांग्रेस महाधिवेशन निर्धारित समयमा हुन्छ

    चितवन, १५ असारः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरभित्र हुनुपर्ने कुरामा जोड दिएका छन। पत्रकारहरुसँग कुरा गर्दै अहिले सबैभन्दा ठूलो चिन्ता कार्यकर्तामा छाएको छ ।  

    अहिले महामन्त्री गगनकुमार थापा र आफू एकै ठाउँमा रहेको जानकारी दिए । महाधिवेशनमा पार्टी सभापति शेर बहादुर देउवा सहित सबैलाई एकताबद्ध गराएर अघि बढ्न आफू सक्षम रहेको उल्लेख गरे । 

    फरक प्रसङ्गमा उहाँले संसद्को गतिरोध अन्त्यका लागि सरकार र विपक्षी दलहरु छलफलमा बस्न जरुरी रहेको जनाए। उनले भने, “विपक्षीलाई पनि साथ लिएर समझदारीमा अगाडि बढ्नुपर्छ । माओवादीलाई साथ लिन सक्नुभयो भने रास्वपा र राप्रपालाई पनि साथ लिनुपर्छ ।” रास्वपा र राप्रपाले गृहमन्त्रीको राजिनामा भन्दा पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा कमिटी बनोस् भन्ने चाहेको आफ्नो बुझाइ रहेको बताएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij