सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

राजनीति

एमालेले बहिष्कार गरेको सर्वदलीय बैठक बालुवाटारमा जारी


  • 1.6K
    SHARES
  • https://indrenipost.com/posts/949
    असोज १४, २०७८ बिहीबार
    एमालेले बहिष्कार गरेको सर्वदलीय बैठक बालुवाटारमा जारी

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । नेकपा एमालेले बहिस्कार गरेको सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुको सहभागिता छ । 

    एमालेले प्रतिनिधि सभाको बैठकलाई लगातार अवरोध गरेपछि सत्ता गठबन्धनले अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने निचोडमा पुगेको थियो । तर, एमालेले नै बैठक बहिष्कार गरेको छ । एमाले नेताहरुका अनुसार नेकपा एकीकृत समाजावादी पार्टीको उक्त बैठकमा उपस्थितिलाई लिएर अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएपछि एमालेले बैठक बहिष्कार गरेको हो ।

    यसअघि सभामुख अग्निप्रसाद सापकोटाले पनि सर्वदलीय बैठक बोलाएर संसदको अवरोध हटाउने प्रयास गरेका थिए। तर, एमालेले उक्त बैठक पनि बहिष्कार गरेको थियो भने सभामुख सापकोटाले एमालेसँग छुट्टै वार्ता गर्नुपर्ने अडान लिएको थियो । प्रधानमन्त्री देउवाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मार्फत ओलीसँग लगातार संवाद गररिरहेका छन् । ओलीले कार्कीसँगको पछिल्लो भेटमा अर्ली इलेक्सनमा जान देउवालाई सुझाएका थिए । राजनीतिक दलमसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाएको भन्दै ओली सत्ता गठबन्धनसँग आक्रोशित बनेका हुन् ।

    देउवाले ओलीलाई संसदको अवरोध हटाउन लगातार पहल गरिरहेको भए पनि ओलीले भने मानेका छैनन् । यता सत्ता गठबन्धन ओलीले अवरोध कायम राखे चाँडै अधिवेशन अन्त्य गर्ने तयारीमा छ । माओवादी केन्द्रको बुधवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिवेशन चाँडै अन्त्य हुने नेताहरुलाई ब्रिफिङ गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij