आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

नारायणी पुलबाट हामफालेर दुई बेपत्ता


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/9667
    साउन १३, २०८२ मंगलबार
    नारायणी पुलबाट हामफालेर दुई बेपत्ता

    नवलपुर, १३ साउनः नवलपरासी बर्दघाट–सुस्तापूर्व र चितवन जोड्ने नारायणी नदीमाथिको पुलबाट हामफालेर आज दुई जना बेपत्ता भएका छन् । एक जना किशोर बिहानै हामफालेका थिए भने अर्को घटना साँझपख भएको हो ।
    इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रमुख प्रहरी निरीक्षक कमला नरालका अनुसार साँझ करिब ७ः४५ बजेतिर करिब ४२ वर्षीया महिला पुलबाट हामफालेकी थिइन्। “साँझ अँध्यारो भइसकेकाले खोजीमा कठिनाइ भइरहेको छ,” उनले भनिन् ।
    यसअघि बिहान पुलबाट हामफालेका व्यक्ति गैँडाकोट–५ का १५ वर्षीय आदेश श्रेष्ठ भएको खुलेको छ । तर, उनको अवस्था अझै अज्ञात रहेको प्रहरी निरीक्षक नरालले बताएकी छिन् । महिलाको भने परिचय नखुलेको बताइएको छ ।
    घटनापछि दुवैको खोजी कार्यमा स्थानीयवासी, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालित छन् । नदीको वहाव तीव्र भएकाले उद्दारमा कठिनाइ भइरहेको जनाइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij