आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

संसदका पाँच समितिको आज बैठक, विधेयक र जनसरोकारका मुद्दामा छलफल


  • 442
    SHARES
  • https://indrenipost.com/posts/9681
    साउन १५, २०८२ बिहीबार
    संसदका पाँच समितिको आज बैठक, विधेयक र जनसरोकारका मुद्दामा छलफल

    काठमाडौँ, १५ साउनः संघीय संसद्का पाँच वटा संसदीय समितिका बैठकहरू आज बस्दै छन् । विभिन्न विधेयक, नीतिगत कार्ययोजना र जनसरोकारका विषयमा गहन छलफल हुने कार्यसूचीसहित समिति बैठकहरू सञ्चालनमा आउन लागेका हुन् ।
    प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बिहान ११ः३० बजे बस्दैछ । बैठकमा भूमिसम्बन्धी केही नेपाल कानून संशोधन विधेयक, २०८२ माथि छलफल गरिनेछ । छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भूमि आयोगका पदाधिकारी, तथा सम्बन्धित विज्ञहरू सहभागी हुनेछन् ।
    त्यसैगरी, दिउँसो १ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दैछ। बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनासम्बन्धी सुझावको मस्यौदा तथा नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक, २०८१ का सम्बन्धमा छलफल हुनेछ ।
    राष्ट्रिय सभाअन्तर्गत पनि तीन वटा समितिका बैठकहरू बस्दैछन् ।
    सुशासन समितिको बैठक बिहान ११ः३० बजे हुनेछ । उक्त बैठकमा मधेस प्रदेशलगायत विभिन्न क्षेत्रमा देखिएको खानेपानी समस्या समाधानका लागि मन्त्रालयबाट भएका प्रयासबारे छलफल गरिनेछ ।
    विधान व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्दैछ, जसमा जलस्रोत विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।
    त्यसैगरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे हुनेछ । यस बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग राष्ट्रिय गौरवका आयोजनाको प्रगति, समस्या र समाधानबारे छलफल गरिनेछ ।
    यी सबै बैठकहरूले कानून निर्माण, जनसरोकारका मुद्दा र विकास योजनामा संसदको सक्रिय सहभागिता अभिव्यक्त गर्नेछन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij