आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

आज देशभर आंशिक बदली, केही ठाउँमा मेघगर्जन सहित वर्षाको सम्भावना


  • 496
    SHARES
  • https://indrenipost.com/posts/9683
    साउन १५, २०८२ बिहीबार
    आज देशभर आंशिक बदली, केही ठाउँमा मेघगर्जन सहित वर्षाको सम्भावना

    काठमाडौँ, १५ साउन – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकोले देशका विभिन्न भागमा आंशिकदेखि मध्यम वर्षाको सम्भावना देखिएको छ ।
    आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भेगमा आंशिक बदली रहनेछ भने सुदूरपश्चिमलगायतका पहाडी क्षेत्रमा र लुम्बिनी प्रदेशका केही तराई भेगमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
    रातिको समयमा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागमा बदली रहनेछ भने तराईका भागमा आंशिक बदली रहनेछ । केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना पनि रहेको छ ।
    महाशाखाले सम्भावित वर्षाका कारण भूक्षय, बाढी र गेग्रान बहाबको जोखिम बढ्न सक्ने उल्लेख गर्दै सावधानी अपनाउन आग्रह गरेको छ । डुबान, नदीनालामा पानीको सतह उच्च हुने, तथा सडक, स्वास्थ्य, कृषि, पर्यटन र हवाई सेवा प्रभावित हुनसक्ने सम्भावना रहेकाले सम्बन्धित सबै पक्षलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij