कटारी, १५ साउनः उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज बिहान भएको सवारी दुर्घटनामा एक ट्रक चालकको मृत्यु भएको छ ।
काठमाडौँबाट इटहरीतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–४, बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल, उदयपुर ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उपचारकै क्रममा विश्वकर्माको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।