आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/9604
    साउन ७, २०८२ बुधबार
    पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

    काठमाडौँ, ७ साउन । प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना वा अपराधमा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूलाई निर्देशन दिँदै परिपत्र जारी गरेको छ ।
    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त निर्देशनको आधारमा यो परिपत्र जारी गरिएको हो । महान्यायाधिवक्ताको कार्यालयले गत असारमै पक्राउ परेका व्यक्तिका तस्बिर र भिडियोहरू सार्वजनिक नगर्न निर्णय गरी प्रहरी प्रधान कार्यालयलाई जानकारी गराएको थियो । सोही निर्देशनको तत्काल कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयले आफ्ना सबै मातहतका युनिटहरूमा परिपत्र पठाएको हो ।
    अब उप्रान्त पत्रकार सम्मेलनमा वा अन्य कुनै माध्यमबाट सूचना प्रवाह गर्दा पक्राउ परेका व्यक्तिको अनुहार देखिने तस्बिर वा भिडियो सामग्री सार्वजनिक गरिने छैन ।
    यद्यपि, प्रवक्ता घिमिरेले जघन्य अपराधका घटनामा वा त्यस्ता सामग्री सार्वजनिक नगर्दा राज्य तथा समाजमा नकारात्मक असर पर्ने विशेष परिस्थितिमा भने सम्बन्धित निकायको अनुमति लिएर तस्बिर वा भिडियो सार्वजनिक गर्न सकिने व्यवस्था रहेको स्पष्ट पारेका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij