सोमबार, भदौ २ गते २०८२ Aug 18 2025 Monday
images
images

ट्राफिक प्रहरीद्वारा ४१ चोरीका सवारी फेला, सम्बन्धित धनीलाई हस्तान्तरण


  • 253
    SHARES
  • https://indrenipost.com/posts/9877
    भदौ १, २०८२ आइतबार
    ट्राफिक प्रहरीद्वारा ४१ चोरीका सवारी फेला, सम्बन्धित धनीलाई हस्तान्तरण

    काठमाडौँ, १ भदौः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थान र मितिमा चोरी भएका ४१ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
    कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार १९ मोटरसाइकल र २२ वटा स्कुटर धनीलाई बुझाइएको हो । धनीहरूको निवेदनका आधारमा गरिएको खोजीपछि ती सवारीसाधन पत्ता लागेका हुन् ।
    प्रहरीले फेला पारिएका सवारीमध्ये केहीमा सोही नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको पाएको छ । यी सवारीसाधन उपत्यकाका जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी, लैनचौर, चापागाउँ, नयाँबानेश्वर, हात्तीसार, एयरपोर्ट, सिफल, पुरानो बसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नेपालटार, नयाँबसपार्क, बालाजुलगायत स्थानबाट फेला पारिएको हो ।
    यसैबीच, प्रहरीले बैङ्किङ कसुरमा संलग्न ५५ वर्षीय राजेन्द्रबहादुर गोर्खालीलाई चन्द्रागिरिबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार गोर्खाली यसअघि पनि विभिन्न आपराधिक घटनामा पक्राउ परेका व्यक्ति हुन्।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij