बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

१४ औँ महाधिवेशन सरगर्मी

काँग्रेस काठमाडौं महानगरको नेतृत्वका लागि मतदान हुँदै, देउवा र पौडेल समूहको प्यानलसहित मैदानमा


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/992
    असोज १७, २०७८ आइतबार
    काँग्रेस काठमाडौं महानगरको नेतृत्वका लागि मतदान हुँदै, देउवा र पौडेल समूहको प्यानलसहित मैदानमा

    काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगर कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । अधिवेशनको शनिबार उद्घाटन भएपनि नेतृत्वका चयनका लागि आज मतदान हुन लागेको हो । 

    बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने निर्वाचन समितिले जानकारी दिएको छ । महानगरको सभापतिमा संस्थापन पक्षका प्रगतिमान रञ्जित र संस्थापन इतर पक्षका नीलकाजी शाक्य प्यानलसहित प्रतिस्पर्धामा उत्रेका छन् । 

    रञ्जितलाई सभापति शेरबहादुर देउवाको समर्थन रहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य गगन थापा लगायतको समर्थन शाक्यलाई छ । 

    काठमाडौं महानगरमा काँग्रेसको १५ वर्षपछि नेतृत्व चयन हुन लागेको छ । 

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij