शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्याः ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा


  • 604
    SHARES
  • https://indrenipost.com/index.php/posts/10004
    भदौ १२, २०८२ बिहीबार
    कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य समस्याः ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा

    कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत व्यक्तिमा चिन्ता र २३ प्रतिशतमा निराशा देखिएको छ भने ११.७ प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट ग्रसित छन् ।
    स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सामाजिक विकास मन्त्रालयद्वारा बुधबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना २०७९–२०८७’ को मध्यकालीन समीक्षा कार्यक्रममा उक्त तथ्य सार्वजनिक भएको हो ।
    सिएमसी नेपालका निर्देशक डा. पशुपति महतले राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का तथ्याङ्क प्रस्तुत गर्दै मानसिक स्वास्थ्य समस्याको रोकथामका लागि सबै तहका सरकारले लगानी गर्नुपर्ने बताए । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले मानसिक स्वास्थ्य समस्या लुकाउने प्रवृत्ति चिन्ताजनक भएको उल्लेख गर्दै साझा प्रयास आवश्यक भएको बताए ।
    कार्यक्रममा मन्त्रालयका सचिव, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक, मानव अधिकार आयोगका प्रतिनिधि तथा मानसिक रोग विशेषज्ञहरूले कर्णाली प्रदेशमा हालसम्म भएका प्रगति, चुनौती र आगामी रणनीतिबारे प्रस्तुति राखेका थिए ।
    सिएमसी नेपालका नीति, रणनीति तथा सुशासन प्रमुख हिमाल गैरेका अनुसार विशेषगरी माथिल्लो कर्णालीका जिल्लामा बसाइँसराइ, विदेश पलायन र रोजगारी सम्बन्धी कारणले मानसिक स्वास्थ्य अवस्था अझ चुनौतीपूर्ण रहेको पाइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij