बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

जाजरकोटमा वडा भवन निर्माणमा अनियमितता, आठ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा


  • 2.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/10010
    भदौ १२, २०८२ बिहीबार
    जाजरकोटमा वडा भवन निर्माणमा अनियमितता, आठ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ, १२ भदौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकामा वडा कार्यालय भवन निर्माणका क्रममा आर्थिक अनियमितता गरेको अभियोगमा आठ जना कर्मचारी तथा ठेक्का कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
    आर्थिक वर्ष २०८०÷८१ मा वडा नं ६, ९ र १० को वडा कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानुन विपरीत कार्य भएको ठहर गर्दै आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इञ्जिनियर मोहन मल्ल, कानुन अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्रबहादुर कठायत र जिन्सी शाखा प्रमुख कृतिबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको हो ।
    आयोगले उनीहरूमाथि रु ३६ लाख २० हजार ५७८ बराबरको बिगो मागदाबी गरेको छ । यस्तै, ठेक्का प्रक्रिया अनियमिततामा संलग्न भएको ठहर गर्दै न्यू विके नहकुली जेभी निर्माण कम्पनी र सो कम्पनीका सञ्चालक गङ्गाकुमारी खड्का तथा चित्रबहादुर बोहोरासँग समेत समान बिगो माग गरिएको आयोगले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij