बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

कालीमाटीमा आजको तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक


  • 397
    SHARES
  • https://indrenipost.com/index.php/posts/10019
    भदौ १३, २०८२ शुक्रबार
    कालीमाटीमा आजको तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक

    काठमाडौँ, १३ भदौ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज भदौ १३ गते का लागि तरकारी, फलफूल, मसला तथा माछाको थोक मूल्य तोकेको छ । समितिले तोकेको मूल्यअनुसार आज बजारमा तरकारीदेखि फलफूलसम्म विभिन्न वस्तुहरू फरक–फरक दरमा बिक्री भइरहेको छ ।
    तरकारीतर्फ गोलभेँडामा भाउको फरक देखिएको छ । नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ८० रुपैयाँमा तोकिँदा भारतीय ठूलो गोलभेँडा प्रतिकिलो ८५ रुपैयाँ तोकिएको छ । आलु रातो स्थानीय ५३, आलु भारतीय ३०, आलु मुडे ४५ र आलु सेतो ४० रुपैयाँमा तोकिएको छ । गाजर लोकल प्रतिकिलो १२० र तराईको १०० रुपैयाँमा तोकिएको समितिले जनाएको छ ।
    सागसब्जीमध्ये काउली स्थानीय प्रतिकिलो १०० र तराईको ९० रुपैयाँ, पालुङ्गो साग १८०, चमसुर ३००, रायो साग १४० र ब्रोकाउली ३०० रुपैयाँ तोकिएको छ ।
    फलफूलमा स्याउ झोले प्रतिकिलो २५०, स्याउ फुजी ३२०, केरा दर्जन १४५, कागती १६०, अनार ३६०, सुन्तला भारतीय ३५०, जुनार २५० र किबी ४०० रुपैयाँ तोकिएको छ ।
    त्यसैगरी मसला तथा अन्य वस्तुमा अदुवा प्रतिकिलो १२०, लसुन नेपाली० १६०, लसुन चाइनिज २२०, खुर्सानी अकबरे २३०, हरियो धनियाँ ३७५, पुदिना १००० र पार्सले प्रतिकिलो १३०० रुपैयाँ कायम भएको छ ।
    माछातर्फ ताजा रहु प्रतिकिलो ३५०, बचुवा २८०, छडी २५० र माछा सुकेको प्रतिकिलो १००० रुपैयाँ तोकिएको छ । त्यस्तै च्याउ डल्ले प्रतिकिलो ४२०, राजा च्याउ ३०० र सिताके च्याउ प्रतिकिलो १००० रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij