बुधबार, भदौ १८ गते २०८२ Sep 03 2025 Wednesday
images
images

कालीमाटीमा आजको सागसब्जी र फलफूलको थोक मूल्य बिवरण


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/9796
    साउन २५, २०८२ आइतबार
    कालीमाटीमा आजको सागसब्जी र फलफूलको थोक मूल्य बिवरण

    काठमाडौँ, २५ साउनः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु ६०, आलु रातो भारतीय रु ३४, प्याज भारतीय रु ३८, गाजर लोकल रु १००, बन्दा लोकल रु २५, काउली ज्यापु रु ११०, भन्टा लाम्चो रु ३०, तने बोडी रु ९५, मकै बोडी रु ८०, घिउ सिमी राज्मा रु १५०, टाटे सिमी रु ७०, भटमास कोसा रु १४०, तीतो करेला रु ५०, लौका रु ६५, चिचिण्डो रु ३५, फर्सी पाकेको रु ५०, भिण्डी रु ६५, रायोसाग रु ८०, पालुङ्गो साग रु ७०, च्याउ कन्य रु १७०, कुरिलो रु ३५०, ब्रोकाउली रु २२०, रातो बन्दा रु २६०, पार्सले रु १३००, पुदिना रु २५०, गुन्द्रुक रु ३०० निर्धारण गरिएको छ ।
    फलफूलमा स्याउ झोले रु २५०, केरा दर्जन रु १५०, कागती रु १४०, अनार रु ४००, आँप माल्दह रु २२०, सुन्तला भारतीय रु ३५०, तरबुजा रु ७५, मौसम रु १६०, नास्पाती लोकल रु ९०, मेवा नेपाली रु ८०, अम्बा रु २५०, लप्सी रु ६०, किबी रु ४०० र आभोकाडो रु ३०० कायम भएको छ ।
    मसला तथा अन्य वस्तुमा अदुवा रु १२०, खुर्सानी सुकेको रु ३५०, खुर्सानी हरियो रु ५०, अकबरे खुर्सानी रु २५०, भेडे खुर्सानी रु ९०, लसुन सुकेको चाइनिज रु २००, लसुन सुकेको नेपाली रु १६०, छ्यापी सुकेको रु १८०, माछा सुकेको रु १०००, ताजा माछा रहु रु ३३०, राजा च्याउ रु ३०० र सिताके च्याउ रु १००० प्रतिकिलो तोकिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij