काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या साढे ४० करोड नाघेको छ ।
पछिल्लो २४ घण्टामा २३ लाख ४८ हजार संक्रमित थपिएसँगै संक्रमितको संख्या ४० करोड ६१ लाख पुगेको हो ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै जर्मनीमा २ लाख ४७ हजारजनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै‚ अमेरिकामा १ लाख ३३ हजार, ब्राजिलमा १ लाख ६९ हजार, फ्रान्समा १ लाख ५३ हजार, रसियामा १ लाख ९७ हजारमा संक्रमण भएको छ ।
सोही अवधिमा विश्वभर करिब १० हजारजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जसमध्ये अमेरिकामा १ हजार ८००‚ भारतमा ६५९‚ ब्राजिलमा ८२८, फ्रान्समा ३१०, रसियामा ७०१‚ टर्कीमा २६४, इटलीमा ३२५ जनाको मृत्यु भएको छ ।
योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ लाख पुगेको छ ।