मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी, तीन करोड क्षति 


  • 415
    SHARES
  • https://indrenipost.com/index.php/posts/8870
    बैशाख १३, २०८२ शनिबार
    भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी, तीन करोड क्षति 

    काठमाडौं । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार बिहान आगलागी भएको छ । मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भइ आगलागी हुँदा तीन करोड बराबरको क्षति भएको अस्पतालले जनाएको छ ।

    अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा करिब तीन करोडभन्दा बढीको बहुमूल्य औषधी लगायत जलेर नष्ट भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। निराजन सुवेदीले बताए । ‘अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधीसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने भ्याक्सिन लगायत सबै जलेर नष्ट भएका छन् । क्षति तीन करोडभन्दा बढी भएको हुनसक्ने अनुमान गरिएको छ,’ उनले भने, ‘आगलागीबाट केही कोठाका फर्निचर र कागजपत्रहरू पनि जलेर नष्ट भएका छन् ।’

    क्षतिको विवरण संकलन भइरहेकाले आइतबारसम्म मात्रै क्षतिको यकिन विवरण उपलब्ध गराउन सकिने डा। सुवेदीले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij