मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

सरकारका प्रवक्ताले भने, ‘भोलि वा पर्सीसम्म शिक्षकसंग सहमती हुन सक्छ’  


  • 334
    SHARES
  • https://indrenipost.com/index.php/posts/8899
    बैशाख १५, २०८२ सोमबार
    सरकारका प्रवक्ताले भने, ‘भोलि वा पर्सीसम्म शिक्षकसंग सहमती हुन सक्छ’  

    काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूको माग भोलि र पर्सिसम्ममा सम्बोधन हुने बताएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्नेगरी शिक्षामन्त्री रघुजी पन्तलाई जिम्मेवारी दिएको हो ।

    सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार शिक्षकका माग सम्बोधन गर्नका लागि शिक्षामन्त्री पन्तले लगातार छलफल गरिरहेका छन् । स्रोतका अनुसार आजै शिक्षक महासंघका प्रतिनिधिहरूसँग शिक्षामन्त्री पन्तले छलफल गर्दैछन् । ‘भोलि या पर्सिसम्म शिक्षक आन्दोलनले उठाएको मागको सम्बोधन हुने, अवस्था सरकारले वातावरण निर्माण गर्दैछ,’ गुरुङले भने । यसघि महासंघकै सहअध्यक्ष नानुमाया पराजुलीले पनि क्याबिनेटबाट निर्णय भएमा आन्दोलनको मोडालिटी परिवर्तन गर्ने बताएकी थिइन् ।

    अहिले नेपाल शिक्षक महासंघको आकस्मिक बैठक बसिरहेको छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij