मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

सिरहामा शिक्षकद्वारा विद्यार्थीमाथी निर्घात कुटपिट 


  • 262
    SHARES
  • https://indrenipost.com/index.php/posts/9036
    बैशाख २६, २०८२ शुक्रबार
    सिरहामा शिक्षकद्वारा विद्यार्थीमाथी निर्घात कुटपिट 

    काठमाडौं ।  सिरहामा निजि बिद्यालयका शिक्षकको कुटाइबाट एकजना विद्यार्थी घाइते भएका छन् । जिल्लाको गोलबजार नगरपालिका ७ चोहर्वा स्थित एपेक्स विद्या मन्दिरका  शिक्षक सन्तोष गुप्ताले गरेको निर्घात कुटपिटबाट कक्षा ८ मा अध्यनरत नरहा गाउँपलिका ३ खोरीयाका सुरेश यादवका छोरा १३ वर्षीय छोरा अभिनाश यादव घाइते भएका हुन् । शिक्षक गुप्ताले मरनासन्न हुनेगरी अभिनाशलाइ कुटपीट गरेका हुन्।

    कक्षाकोठामा पढाईरहेका शिक्षक गुप्ताले छात्र अभिनाशलाई विनाकारण अर्को कोठामा लागि रुम थुनेर बाँसको लाठिले निर्घात कुटपीट गरेको परिवारजनले जनाएको छ। उनको शरिरको अधिकांश भागमा चोट लागेको छ। कुटपिटबाट घाइते भएका विद्यार्थीको अहिले गोलबजारस्थित बर्धमान अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक गोबिन्द साहले जनाए। उनले भने, झविद्यार्थीलाई निर्घात कुटपीट गर्ने शिक्षक सन्तोष गुप्तालाई हामिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए। कुटपीटमा संलगन शिक्षकमाथि कानून बमोजिम कारवाही गरिने जनाए।झ

    अस्पतालले अहिले प्राम्भिक चरणको उपचार भईरहेको जनाएको छ।  कुटपीट गर्ने शिक्षकलाई कडाभन्दा कडा कार्वाही गर्नुपर्ने माँग गर्दै विद्यार्थीका अभिभावकले शिक्षकमाथी इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराएको जनाइएको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij