सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
images

कृषि ज्ञान केन्द्रले विषादी न्यूनीकरणमा जोड दिने


  • 802
    SHARES
  • https://indrenipost.com/index.php/posts/9362
    असार १२, २०८२ बिहीबार
    कृषि ज्ञान केन्द्रले विषादी न्यूनीकरणमा जोड दिने
    मनाङ, १२ असार हिमाली जिल्ला मनाङमा रासायनिक विषादीरहित उत्पादन हुने स्थानको रूपमा परिचित छ । तर, यहाँ विषादी उपयोगमा न्यूनीकरण तथा प्रयोगमा ल्याउनु अघि नै सचेत गराउने उद्देश्यले समुदाय स्तरमा सचेतना फैलाउन कृषि ज्ञान केन्द्रले अग्रनि भूमिका खेलेको छ । 
     
    खेतीबालीमा अधिकांश स्थानमा विषादी प्रयोग भएको पाइएको देखिन्छ । यहाँ पनि बढी उत्पादन लिने र किराफट्याङ्ग्रालाई मार्ने उद्देश्यले उपयोगमा ल्याउन सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै सचेतनाका कार्यक्रम गरिएको केन्द्र प्रमुख मदन रेग्मीले जानकारी दिएका छन । मानव स्वास्थ्यमा पार्ने असरका बारेमा समुदायस्तरमा सचेतना फैलाउन आवश्यक देखेर अभियानकै रूपमा कार्यक्रमलाई अगाडि बढाइएको उनले बताए । 
     
    “रासायनिक विषादी उपयोगलाई न्यूनीकरण गर्दै स्थानीय वनस्पति, गहुँत, गोबरलगायतबाट मल बनाउन समेत सिकाइएको छ, जैविक मलको प्रयोगले माटोको उर्वरतामा वृद्धि गर्छ, यसका लागि जैविक मल उपयुक्त हो”, उनले भने । किराफट्याङ्ग्रा लाग्न नदिनका लागि वनस्पतिक विषादी एवं झोल मल बनाउने विधिसम्बन्धि तालिम दिइएको छ । चामे गाउँपालिका–२ का करिब ४२ किसानलाई प्राङ्गारिकमय बनाउने उद्देश्यले रासायनिक भन्दा प्राङ्गारिक मल प्रयोगमा ल्याउन सिकाइएको प्रमुख रेग्मीले जानकारी दिएका छन । 
     
    “विषादीरहित खानपान हुन्छ भन्ने बुझेका यहाँ आउने पर्यटकलाई व्यवहारमा पनि लाग्नु गर्न आवश्यक छ, जसले मानवीय स्वास्थ्यमा पनि असर नगरोस् र यसले जैविक खेतीतर्फ आकर्षित पनि गराउन सकियोस्”, उनले भने, “विषादीको प्रयोगलाई न्यूनीकरणभन्दा पनि पूर्ण रूपमा उपयोगमा नल्याउन सिकाइएको छ ।” सिस्नु, तितेपातीबाट जैविक मल बनाउन सिकाइएको छ । जैविक मलले माटोको उर्वरतामा वृद्धि गर्ने कुरा रेग्मीले भने। 
     
    मनाङमा उत्पादित खाद्यवस्तु पूर्ण रूपमा विषादीरहित भए पनि अहिले मौसममा आएको परिवर्तनले विषादी हाल्नुपर्ने सूचना पाएका किसानलाई सचेत गराउन आवश्यक देखिन्छ । यो बिषय मावनीय स्वास्थ्यसँग जोडिएकाले खाद्यान्न, तरकारीलगायतमा विषादी प्रयोगगनर््ु लाई पूर्ण रूपमा निरुत्साहित गर्नुपर्ने देखिन्छ ।
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij