शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

एमालेका लागि विद्यादेवी भण्डारीको पुनरागमन अस्वीकार्य प्रचार विभाग प्रमुख गौतम


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/9628
    साउन १०, २०८२ शनिबार
    एमालेका लागि विद्यादेवी भण्डारीको पुनरागमन अस्वीकार्य प्रचार विभाग प्रमुख गौतम

    भक्तपुर, १० साउनः नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन पार्टीका लागि अस्वीकार्य रहेको स्पष्ट पारेका छन ।
    नेपाल प्रेस सोसाइटीले आज भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गौतमले भण्डारीको पार्टी सदस्यता र सक्रिय राजनीतिमा पुनः प्रवेश एमालेका लागि गौण विषय भएको टिप्पणी गरे ।
    “७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा, र पूर्वराष्ट्रपतिको सक्रियता निषेधसम्बन्धी निर्णय एमालेको केन्द्रीय कमिटी बैठकले विधिपूर्वक र गहिरो छलफलपछि गरेको हो,” उनले भने ।
    पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकमा कसैलाई बोल्न नदिएको भन्ने आरोपप्रति उनले आपत्ति जनाउँदै भने, “बैठकमा सबै निर्णय सर्वसहमतिको वातावरणमा भएका हुन् ।”
    कार्यक्रमका सभापति तथा नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले भने भण्डारीको पुनरागमनले नेपालको राजनीतिमा तरङ्ग ल्याएको समेत बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij