शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

एनपीएल मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी अनुबन्ध


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/9792
    साउन २५, २०८२ आइतबार
    एनपीएल मिनी अक्सनबाट आठ टोलीले ३७ खेलाडी अनुबन्ध

    काठमाडौँ, २५ साउनः नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणका लागि शनिबार सम्पन्न मिनी अक्सनमा आठ टोलीले ३७ खेलाडी अनुबन्ध गरेका छन् । छनोट गरिएका १६४ खेलाडीमध्ये पहिलो चरणमा २६ तथा ‘विस लिस्ट’ बाट थप ११ खेलाडी चयन भएका हुन् ।
    अक्सनमा ‘ए’ श्रेणीका देव खनाल, अर्जुन साउद, आदिल आलम र पवन सर्राफलाई जनही रु १५ लाखमा खरिद गरिएको छ । त्यस्तै, दिलीप नाथ, शेर मल्ल, हेमन्त धामी, सूर्य तामाङ, सन्तोष यादव र युवराज खत्री जनही रु १० लाखमा अनुबन्ध भएका छन् ।
    जनकपुर बोल्ट्सले मयन यादवलाई रु ७ लाख ७५ हजारमा, काठमाडौँ गोर्खाजले आकाश त्रिपाठीलाई रु ७ लाखमा अनुबन्ध गरेको छ । अन्य खेलाडीहरू ५ लाखदेखि २ लाख रुपैयाँसम्ममा अनुबन्ध भएका छन् ।
    यो अक्सनमा १५० खेलाडी सहभागी भएका थिए । प्रत्येक टोलीले ११ नेपाली खेलाडी भित्र्याइसकेकाले अब कम्तीमा चार विदेशी खेलाडी अनुबन्ध गर्नेछन् । सबैभन्दा बढी खर्च चितवन राइनोजले रु ३९ लाख र सबैभन्दा कम पोखरा एभेन्जर्सले रु ११ लाख गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij