बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

राजनीति

एमालेको अवरोधका कारण ८ मिनेटमै संसद् बैठक स्थगित, वार्षिक प्रतिवेदन पेश


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/1028
    असोज १९, २०७८ मंगलबार
    एमालेको अवरोधका कारण ८ मिनेटमै संसद् बैठक स्थगित, वार्षिक प्रतिवेदन पेश

    काठमाडौं । प्रतिनिधि सभाको बैठकको सुरुवातमै नेकपा एमालेका सांसदहरुले अवरोध र नाराबाजी गरेका छन् । मंगलबार दिउँसो १ बजे बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही सुरु भएको जानकारी गराउने बित्तिकै एमालेका सांसदहरुले सभामुखको आसन अगाडि पुगेर नाराबाजी गरे । 

    सभामुख सापकोटाले पटक(पटक सभाको बैठक सुचारु गर्न दिनका लागि आग्रह गरेपनि एमाले सांसदहरुले अवरोध छोडेनन् । सभामुखले संविधानको धारा १ सय ५ मा भएको व्यवस्था अनुसार अदालतमा विचाराधीन मुद्दाबारे संसदमा छलफल हुन नसक्ने स्मरण गराए । 

    यस्तै उनले प्रतिनिधि सभा नियमावलीको नियम २१ को ख ग र घ मा भएको व्यवस्थाको पनि स्मरण गराउँदै सदन अघि बढाउन आग्रह गरे । एमालेले कारवाही गरेका १४ संसदमाथिको कारवाहीको सूचना टाँस वा सदनमा जानकारी नगराई सभामुखले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै सदन अवरुद्ध गर्दै आएको छ । 

    एमालेको अवरोधका बीच सभामुख सापकोटाले कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६र७७ को प्रस्तुत गर्न समय दिए । 

    कार्कीले सो प्रतिवेदन पेश गरेसँगै  ८ मिनेट बसेर सकिएको प्रतिनिधि सभाको अर्को बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि तोकिएको छ ।

  • सम्बन्धित विषय:

  • # संसद् बैठक
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij