सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

संयुक्त सरकार

मन्त्रालय बागबण्डा मिल्यो, गठबन्धनका कुन दललाई कुन मन्त्रालय ?


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1037
    असोज २०, २०७८ बुधबार
    मन्त्रालय बागबण्डा मिल्यो, गठबन्धनका कुन दललाई कुन मन्त्रालय ?

    काठमाडौं । सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालयको भागबन्डा टुङ्गिएको छ । अहिलेलाई १९ मन्त्रालयमा मात्र नियुक्ति गर्दै दुई मन्त्रालयसहित पाँच मन्त्री रिक्त राखेर सहमति भएको हो । शीर्ष नेताहरूबीच भएको सहमति अनुसार कांग्रेसले ६, माओवादी केन्द्रले ५, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीले चार/चार मन्त्रालय पाउनेछन् ।

    सहमतिअनुसार कांग्रेसले लिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय नेकपा एकीकृत समाजवादीले लिने भएको छ । यो मन्त्रालयसँगै नेकपा एसले रक्षा, पर्यटन संस्कृति तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पाएको छ ।

    नेकपा माओवादी केन्द्रले अर्थ र ऊर्जा तथा जलस्रोत मन्त्रालय लिइसकेकोमा अब शिक्षा तथा विज्ञान प्रविधि, श्रम तथा रोजगार र भूमि व्यवस्था मन्त्रालय थप पाउने भएको छ । 

    कांग्रेसले कानुन मन्त्रालय छोडेर स्वास्थ्य, गृह र परराष्ट्र मन्त्रालय कायम राख्दै युवा तथा खेलकुद, महिला बालबालिका तथा समाजकल्याण र सूचना तथा सञ्चार प्रविधि मन्त्रालय थप्ने भएको छ । 

    जसपाले भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय, कृषि, सहकारी तथा गरिबी निवारण, संघीय मामिला तथा स्थानीय विकास र वन तथा वातावरण मन्त्रालय पाएको छ ।

    उद्योग वाणिज्य तथा अपूर्ति मन्त्रालय र खानेपानी तथा सरसफाइ मन्त्रालय प्रधानमन्त्रीसँगै राख्ने र थप गर्न सकिने राज्यमन्त्रीसहितका पाँच मन्त्रीका विषयमा पछि निर्णय गर्ने सहमति भएको गठबन्धनका एक नेताले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # संयुक्त गठबन्धन सरकार
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij