मंगलबार, असार १० गते २०८२ Jun 24 2025 Tuesday
images
images

राजनीति

विप्लव एकाएक चाक्सीबारी पुगे किन ?


  • 910
    SHARES
  • https://indrenipost.com/posts/1049
    असोज २०, २०७८ बुधबार
    विप्लव एकाएक चाक्सीबारी पुगे किन ?

    काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह र नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच बुधबार भेटवार्ता भएको छ । सिंहलाई भेट्न चन्द बुधबार दिउँसो उनको निवास चाक्सीबारी पुगेका हुन् । 

    दुई नेताबीचको भेटमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको नेता सिंहका स्वकीय सचिव यूपी लामिछानेले जानकारी दिए । 

    उनका अनुसार भेटमा केपी शर्मा ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेकपाबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमतिबारे पनि छलफल भएको छ ।

    केही दिनअघि नेकपाका प्रवक्ता खड्ग विश्वकर्मा (‘प्रकाण्ड)ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर तीन बुँदे सहमति कार्यान्वयनमा जोड दिएका थिए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij