मंगलबार, असार १० गते २०८२ Jun 24 2025 Tuesday
images
images

राजनीति

भाजपाको निमन्त्रणामा आज भारत जाँदै काँग्रेस नेताको टोली


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1060
    असोज २१, २०७८ बिहीबार
    भाजपाको निमन्त्रणामा आज भारत जाँदै काँग्रेस नेताको टोली

    काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा आज (बिहीबार) सत्तारूढ नेपाली काँग्रेसका नेताहरू भारत भ्रमणमा जाँदै छन् । भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले नेपाल भ्रमण गरेको केही हप्तापछि नै कांग्रेसको टोली भारतको भ्रमणमा जान लागेको हो । 

    काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूनिकट दोस्रो तहका नेताहरूलाई राजनीतिक दूतका रूपमा भारत पठाउन लागेका हुन् ।  सहमहामन्त्री डा.प्रकाशशरण महतको नेतृत्वमा काँग्रेस नेतको टोली आज बिहान ११ बजे नेपाल वायु सेवा निगमको जहाजमार्फत जाने कार्यक्रम छ । 

    भ्रमण टोलीमा डा.महतसहित नेताहरू अजय चौरसिया, उदयशमशेर राणा सहभागी हुने डा.महतको सचिवालयले जनाएको छ । चार दिनसम्म भारत रहने टोलीले भाजपाका उच्चस्तरका नेताहरूसँग छलफल गर्ने कार्यक्रम छ । 

    यसअघि डा.महतले चौथाइवालेलाई नेपाल भ्रमणमा निम्त्याएका थिए । त्यस क्रममा उनलाई प्रधानमन्त्री देउवाकी पत्नी आरजु देउवा राणाले रक्षाबन्धन बाँधिदिएकी थिइन् । 

    डेढ महिनाअघि काठमाडौंमा रहँदा चौथाइवालेले सत्तारुढ नेपाली काँग्रेस, माओवादी केन्द्रसहित विपक्षी एमाले र अन्य दलका नेताहरूसँग भेटवार्ता गरेका थिए । चौथाइवालेको नेपाल भ्रमण काँग्रेस नेतृत्वको सरकारसँग सम्बन्ध सुधार गर्ने दिल्लीको प्रयास मानिएको थियो । ​

    चौथाइवालेलेको यो दोस्रो नेपाल भ्रमणसँगै नेपालका राजनीतिक दलहरूसँग भारतको सत्तारुढ भाजपाले सम्बन्ध विस्तार गर्न खोजेको प्रमाण मानिएको छ । अहिले हुन लागेको कांग्रेस टोलीको भारत भ्रमण त्यही प्रयासअन्तर्गत हो ।

  • सम्बन्धित विषय:

  • # नेपाली काँग्रेस
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij