मंगलबार, असार १० गते २०८२ Jun 24 2025 Tuesday
images
images

राजनीति

मन्त्रीहरुको सपथ आजै हुन्छ : प्रचण्ड

  • 919
    SHARES
  • https://indrenipost.com/posts/1061
    असोज २१, २०७८ बिहीबार
    मन्त्रीहरुको सपथ आजै हुन्छ : प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीहरूको शपथ हुने बताएका छन् । आफ्नो पार्टीका तर्फबाट मन्त्रीहरूको नाम टुंग्याएका प्रचण्डले त्यसको भोलिपल्ट बिहीबार बिहान एक नयाँ टेलिभिजनको उद्घाटन समारोहमा आज शपथ कार्यक्रम हुने सम्भावना रहेको बताएका हुन् । 

    टीभी पञ्चली एट।के को उद्घाटन समारोहमा प्रचण्डले भने, ‘‘आज शपथ ग्रहण हुन्छ होला, क्याबिनेटले पूर्णता पाउँछ होला ।’

    यस क्रममा प्रचणडले आफू जहिले उत्पीडित वर्गलाई अगाडि ल्याउन प्रयासरत रहेको बताउँदै आफ्नो पार्टीका तर्फबाट महिला ५० प्रतिशत, दलित, जनजाित, मधेसीलगायत सबै समुदाय सरकारमा सहभागी गराउने निर्णय गरेको जानकारी पनि दिए । 

    प्रचण्डले आजै मन्त्रिपरिषदले पूर्णता पाउने विश्वास व्यक्त गरे पनि कांग्रेस र नेकपा एकीकृत समाजवादीले यो खबर लेख्दासम्म आफ्ना पार्टीबाट बनाउनुपर्ने मन्त्रीको नाम टुंगो लगाइसकेका छैनन् । यस्तै जनता समाजवादी पार्टी पनि बिहानैदेखि मन्त्री छान्न छलफलमा जुटेको छ । 

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij