सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

देखियो साइड इफेक्ट

स्वीडेनमा ३० वर्ष भन्दा कम उमेरका व्यक्तिमा मोडेर्ना खोप लगाउन बन्द


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/1063
    असोज २१, २०७८ बिहीबार
    स्वीडेनमा ३० वर्ष भन्दा कम उमेरका व्यक्तिमा मोडेर्ना खोप लगाउन बन्द

    स्वीडेनका स्वास्थ्य अधिकारीले मोर्डनाको कोभिड १९ विरुद्धकोको खोप ३० भन्दा कम उमेरका मानिसमा लगाउन बन्द गरेका छन् । 

    अधिकारीहरूले उक्त खोप रोक्नुको कारण यसको ‘साइड इफेक्ट’ प्रमुख रहेको जनाएका छन् । मुटुको मांसपेशी वा पेरिकार्डियम सुन्निने जस्ता साइड इफेक्टको बढ्दो जोखिमका कारण उक्त खोप लागाउँन हाललाई स्थगित गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

    स्वीडेनका प्रमुख महामारीविद् एन्डर्स टेगनेका अनुसार परिस्थितिलाई नजिकबाट नियालेर कोभिड विरुद्धको खोप पुनः लगाउँन सुरक्षाको सुनिश्चिता भएपछि छिटै आवश्यक कदम चालिनेछ । 

    गत जुलाईमा युरोपेली औषधि एजेन्सीले १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई उक्त खोप लगाउँने अनुमति प्रदान गरेको थियो । 

    युरोपेली युनियनका २७ देशहरूमा १८ वर्षमाथिका व्यक्तिहरूलाई सो खोप लगाउँन गत जनवरीमा अनुमति प्रदान गरिएको थियो। यद्यपि यो खोप हालसम्म बालबालिकालाई लगाउँन भने अनुमति दिइएको छैन । 
     

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij