मंगलबार, असार १० गते २०८२ Jun 24 2025 Tuesday
images
images

नेकपा (एकीकृत समाजवादी)

कम मन्त्रालय पाएको भन्दै माधव नेपाल असन्तुष्ट


  • 883
    SHARES
  • https://indrenipost.com/posts/1068
    असोज २१, २०७८ बिहीबार
    कम मन्त्रालय पाएको भन्दै माधव नेपाल असन्तुष्ट

    काठमाडौं । नेकपा एसमा मन्त्रालयको विषयमा नेताहरु बीचमा असन्तुष्टि बाहिरिएको छ । 

    आज बसेको स्थायी कमिटिको बैठकमा मन्त्रालय कम पाएको भन्दै नेताहरुले असन्तुष्टि पोखेका छन् । स्थायी कमिटी सदस्य विरोध खतिवडाले बढी मन्त्रालय पाए आफ्नो दललाई सहज हुने बताए । 

    बैठकले पार्टीमा असन्तुष्टि बढेपछि मन्त्रीहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । अहिले नेता नेपाल गठबन्धनको शीर्ष नेताहरुको बैठकमा भाग लिन सिंहदरवार पुगेका छन् ।

    अस्ति भएका निर्णयमा केही हेरफेर हुनसक्छ, आजको बैठकमा परिमार्जनसहित फाइनल हुन्छ, उनले भने, अलि बढी मन्त्रालय भएर बढी मानिसहरु अटाउन पाए नयाँ दललाई सहज हुन्थ्यो भन्ने हो । 

    यही विषयले गठबन्धनमा झगडा वा विवाद हुने स्थिति भने नभएको उनले बताए । 

    आजको स्थायी कमिटी बैठकले  केन्द्रीय कमिटिको संख्या टुंगोमा पुर्‍याउने र ७७ जिल्लाको इन्चार्ज र विभागहरुको टुंगो लगाउने र कामको वाडफाड गर्ने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एकीकृत समाजवादी)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij