आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

सन्दर्भ मार्च ८ः कथा सानी कान्छीको

  • 129.3K
    SHARES
  • https://indrenipost.com/posts/107
    फागुन २५, २०७६ आइतबार
    सन्दर्भ मार्च ८ः कथा सानी कान्छीको

    (लेखक संविधानसभाका सदस्य हुन्)

    विशेषतः महिला अधिकारको सवालमा जति पनि सानी कान्छीहरुले हिजो योगदान गर्नु भो ती सानी कान्छीहरु एक पटक फेरी जुर्मुराउनु पर्ने आवस्था छ । आज सानी कान्छीलाई यो पनि लागेको छ् । नेपालमा भएका सबै पार्टीहरुले पार्टीभित्र महिलालाई समान अवसर देओस् । अवसरका लागि कसैको दैलोमा गएर जिउ हजुरी गर्न नपरोस् । कसैको झोला बोकेर अबसरको भिख माग्नु नपरोस ।

    हाम्रो कथा पहिले

    बेलुका बुबा, दाजु र भाइ सुतिसकेपछि आमालाई सघाउदै जुठो भाँडो जातोमा सामल पिस्ने काम सकेपछि स्कुलले दिएको गृह कार्य गर्न टुकि बालेर सुरु के हुन्छ, झुम्म निद्राले छोप्छ । टुकी बलिरहन्छ किताबसंग टाउको लोटिन्छ । थकान वेहिसव भएरै त होला, एक कोल्टोमा, एकै निद्रामा भाले बास्छ । कता कता आमाको मधुरो आबाज सुनिन्छ । सानी कान्छि उठ छिटो उठ ढिकीमा जानु छ । गाग्री रित्तो छ, पानी भर्न खोला जानु छ । छातिमा खसेको किताब बिस्तारै उठायो । आखा बिस्तारै खोल्यो । त्यसपछि सानी कान्छिको बिहानीको काम सुरु हुन्छ । ढिकी पधेरो चुला चौका । पहिले दाजु र भाइ खाना खान्छन् । हात चुठ्छन, किताब टिप्छन् र स्कुल लाग्छन ।

    बल्ल खाना खाने पालो आउँछ सानी कान्छिको । आमासँगै सानी कान्छि हतार हतार खाना खान्छिन, जुठै हात पुच्छिन र स्कुल कुद्छिन । स्कुल पुग्दा हाजिर गएल, १५ मिनेट कान समाएर सजाय ।

    आज शुक्रवार । आज १ बजे पछि सरसफाइ सुरु । केटाहरु डेस्क बेन्च बाहिर लाने, केटीहरु भुइ पोत्ने । केटीहरु गरौ सामान उचाल्न सक्दैनन । सानी कान्छीलाई लाग्थ्यो, घरमा घाँसको भारी, जातो ढिकी सब गर्न सक्ने हामी । परे जे पनि गर्छौ । तर स्कुलमा हामी केटीहरुले नै लिप्नुपर्ने ? केटाहरुलाई बलियो मानेर सिट नै बोक्न लगाउनुपर्ने ?

    अतिरिक्त कार्यक्रम सुरु हुन्छ । आजको कार्यक्रम अन्तर्गत केटीहरु रुमाल लुकाउने गेममा सहभागी हुने केटाहरु हाइ जम्पमा । सानी कान्छीलाई लाग्छ म पनि त हाइ जम्पमा सहभागी हुन सक्थे नि तर होस । अरु केटी साथि जे गर्छ्न उहि गर्छु ।

    उमेर बढ्दै गयो । दिन बित्दै गयो । सानी कान्छि घरको काम मेलापात गर्दै पनि सधै कक्षामा प्रथम । उहि दिन चर्या, उहि भुमिका । सानी एसएलसीमा प्रथम श्रेणीमा पास हुन्छिन । सपना त सानीको पनि डक्टर, इन्जिनियर बन्ने नभनएको कहाँ हो र । तर समाज महिलाको रहरसँग कहाँ सम्झौता गथ्र्यौ र । अब सानीको घरमा विहेको कुरा चल्छ । छोरीलाई बिहे गर्दिनुपर्छ । छोरालाई कहाँ कलेज पढाउने कुरा हुन्छ ?

    सानी कान्छीसहमत हुनै पर्यो । किनकी गाउँको चलन त्यस्तै छ । दुलाहाको घर जाने बेला आमा सम्झाउनु हुन्छ, सानी कान्छी बिहानै भाले बास्दै उठ्नु । पहिला चोखो पानी ल्याउनु । दैलो अगेनो पुछ्नु । चोखो पानीले पतिको पाउ धुनु । जल खानु । सासु ससुरालाई ढोग गर्नु । शिर छोपेर हिड्नु । अरु सबैलाइ खुवाएपछि अन्तिममा खानु । ठूलो आबाजले नबोल्नु । किन कि माइतिलाई दोस आउछ ।

    बिचरी सानी कान्छी मौन । सानी आमाको सबै कुरा स्विकार्छीन । स्वीकार्नै त पर्यो । देखेको सुनेको त्यहि थियो कसरी न स्वीकार्नु । कान्छी समाज र परिवारको खुसीको निम्ति खालि हात, मन भरि बिस्वास र बिलौनाको संगम साथ बिदाइ हुन्छिन । सानि कान्छीको मनमा प्रश्न उब्जन्छ । यो उमेरसम्म माइतिमा बसेर यति धेरै श्रम गरें । खै यो मेरो श्रमको सहि मूल्य । चुलाचौका, बनपात यो सब गरेको त केहि मूल्य नहुने रहेछ । अब मैले श्रीमानको घरमा पनि भूमिका त्यहि त निभाउनु पर्ने होला ।

    यी नै प्रश्नहरुले सानि कान्छिलाई पोलिरह्यो । आमाले त मलार्इ संस्कार सिकाउनु भएको हो तर यो संस्कारलाई म अलि ब्यबस्थित र परिमार्जित तरिकाले लागु गर्छु । सानीको मनमा दृढ बिस्वास पैदा भयो । सानीले श्रीमानको घरमा आमाले भने जस्तो गरिनन् । सानिले सम्मान गरिन तर आफ्नो आत्मा सम्मानमा ठेस पुराइनन् । सानी शिक्षिका बनिन । एउटा असल गुरुले दिनु पर्ने शिक्षा दिइन् । सबै छोरीहरु छोरा बराबर हुन । सबै छोरीहरु छोरा सरह अधिकार छ । उपयोग कसरी गर्ने हो ? त्यो आफुमा भर पर्छ । यो सानीको विसेस मन्त्र हो । सानि कान्छीले घर परिवर्तन गरिन । माइतिमा बिस्वासको जग बसाल्दै समाज परिवर्तनमा पनि केहि भूमिका निर्वाह गरिन ।

    हाम्रो कथा
    अहिले

    सानी कान्छी राजनीतिमा चासो धेरै दिन्छिन । पहिलेदेखि नै श्रमजिवी महिलाको पक्षमा बोल्ने, लेख्ने, बहस गर्ने र आफुलाई त्यो यात्रामा समाहित गर्ने उनको यात्रा आज भोलि झन शसक्त छ । उनी क्लारा जेट्ट्किन ,रोजाको जीवनी, हेलेन केलर , लैजा जाना, एलिडा, टिना मोडोट्टी , तेंग यिंगचायो , फ्रीदा कालो, मानुयला सेन्ज्सेन्ज्, यी विश्वका साहसिक महिलाको इतिहास र त्यो पेचिलो यात्राको अनुयायी बन्न रुचाउछिन् । नेपाली महिलाको गौरवपूर्ण इतिहासको सम्मान गर्दै बाँकि ऐतिहासिक काममा निरन्तर लगाभ छ सानीमा । तर, सानी कान्छीलार्इ थोरै डर छ, आफु सक्रिय भएर आफु जस्तै हजारौ राजनितिक सामाजिक यात्रीहरुले घर भित्रको पितृ सत्ता समाज मा देखिने भोगिने जबर जस्त लादिने पितृ सत्तावादी सोच कुरिती, कुसंस्कार बिभेद अन्न्यायको त केहि हदसम्म अन्त्य भएको छ । छोरीहरुलाई धेरै समानताका महसुस भएको छ ,तर लडेर प्राप्त गरेको अधिकार हुबहु कार्यान्वयन नहुँदा भने सानीलाई डर छ । गहिरो पीर छ । उनीलाई मात्र होइन हजारौं सानी कान्छीहरुलाई डर छ । जनयुद्ध र जनआन्दोलन सबै वर्ग, जाति क्षेत्र, लिङ्गले आप्नो अधिकारको लागि गरेको संघर्ष मार्फत लिपिववववद्ध सबिधानको अक्षरस पालना नहुँदा फेरी रगत बगाएर प्राप्त गरेको अधिकार हरण हुन्छ कि ?

    मानभरी त्रास त छ नै विशेषतः महिला अधिकारको सवालमा जति पनि सानी कान्छीहरुले हिजो योगदान गर्नु भो ती सानी कान्छीहरु एक पटक फेरी जुर्मुराउनु पर्ने आवस्था छ । आज सानी कान्छीलाई यो पनि लागेको छ् । नेपालमा भएका सबै पार्टीहरुले पार्टीभित्र महिलालाई समान अवसर देओस् । अवसरका लागि कसैको दैलोमा गएर जिउ हजुरी गर्न नपरोस् । कसैको झोला बोकेर अबसरको भिख माग्नु नपरोस । राज्यको सबै तहमा, बिधानमा ब्यबस्था भए अनुरुप महिलाको पहुँच सहितको प्रतिनिधित्व गरियोस । कथाको सानी कान्छी लगाएत सबै सबै सानी कान्छीको भलो होस् । त्यसो भयो भने मात्र बिकासले सफलता पाउने छ र देश समृद्धिमा जानेछ । सानी कान्छीहरु अधिकारका लागि सधै संघर्ष गरिरहनेछन् । सबै सानी कान्छीहरुलाई ८ मर्चको सुभकामना । महिला कहि न कहि श्रममा जोडिएकै हुन्छन् । सबै श्रमजिवी सानी कान्छीहरुमा ११० औ श्रमिक महिला अधिकारको लागी सुभकामना ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij