शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

मजदुर समस्याको दीर्घकालीन समाधान माओवादी आन्दोलन


  • 2.2K
    SHARES
  • https://indrenipost.com/posts/4414
    बैशाख १८, २०७९ आइतबार
    मजदुर समस्याको दीर्घकालीन समाधान माओवादी आन्दोलन

    काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले श्रमिकका समस्याको दीर्घकालीन समाधान नेकपा माओवादी केन्द्रलेनै गर्ने बताउनुभएको छ । 
    पार्टी कार्यालय पेरिसडाँडामा आयोजित १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको श्रमिक सभालाई सम्बोधन गर्दै उहाँले रोजगारी सिर्जना र उद्यमशीलता प्रवद्र्धनमा ध्यान दिन संघ, प्रदेश र स्थानीय तहका प्रमुखलाई आग्रह गर्नुभयो । 
    “भ्रष्टाचार नियन्त्रण, रोजगारीको अवसर सिर्जना तथा उद्यमशीलता विकास संघ, प्रदेश र स्थानीय तहका प्रमुखका साझा दायित्व हुन्” उहाँले भन्नुभयो । समुन्नत नेपाल निर्माणमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले श्रमिकका योगदानलाई राज्यले उच्च मूल्याङकन गरिनुपर्ने बताउनुभयो । कुनै बेला उद्योगी ब्यापारिहरुले मजदुरको हक हित र अधिकारको कुरा गर्दा झन बढी दमनको निति लिएर अगाडी बढेका थिए जब माओवादी आन्लोलन संगै मजदुर संगठनले आफना निति कार्यक्रमहरु लिएर क्रान्तिकारी बिचार लियो तब दक्षिणपन्थी संसोधनबादको पराजय हुदै गयो । आज महिलाका समस्या मजदुरका समस्या केही हद सम्म कम भएका छन । न्याय स्वतन्त्रता र श्रमजिविको पक्षमा अझ डटेर लाग्न मजदुर नेताहरुलाई निर्देशन दिएका छन ।
    नेता पुनले मुलुकको सबल अर्थतन्त्र निर्माण गर्न वैदेशिक रोजगारीमा गएका श्रमिकको महत्वपूर्ण योगदान रहेको भन्दै विदेशमा रहेका युवालाई फर्काएर स्वदेशमै रोजगारीका अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमले अपेक्षित रोजगारी सिर्जना गर्न नसकेको उल्लेख गर्दै उहाँले मर्यादित र दिगो रोजगारी सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij