-अचुक अनुकूल अवसरमा मात्रै संघर्ष गरेर विश्व इतिहासको सिर्जना गर्नु निःसन्देह मजाको कुरा हो । तर आकस्मिकताले कुनै पनि भूमिका नखेल्ने हो भने इतिहासले अति रहस्यमय रुप लिन पुग्नेछ । निःसन्देह यी आकस्मिकताहरू आफै आमविकासक्रमका संघटक अंग हुन् र यिनले अरू आकस्मिकताहरुलाई सन्तुलित गरेका हुन्छन् । तर ढिलो चाँडो भन्ने कुरा धेरै मात्रामा आकस्मिकताहरूमै भर पर्छन् । जसमध्ये आन्दोलनको नेतृत्वमा बसेका मानिसहरुको चरित्रजस्तो आकस्मिकताले मुख्य भूमिका खेलेको हुन्छ । -कार्ल माक्र्स
-कुनै पनि सैद्धान्तिक विज्ञानको क्षेत्रमा हुने प्रत्येक नयाँ आविस्कारबारे माक्र्स असाध्यै रमाउनु हुन्थ्यो । तर जब त्यस्ता आविष्कारहरूबारे कुरा चल्थ्यो । जसले उद्योगमा अथवा आमरूपमा नै ऐतिहासिक विकासमाथि प्रभाव पाथ्र्यो । उहाँ अर्कै किसिमको आनन्द अनुभव गर्नुहुन्थ्यो । -एंगेल्स
-माक्र्सलाई कुनै पनि बेला कुनै पनि विषयमा सोध्न सकिन्थ्यो । उहाँको उत्तर सधै गहकिलो र सारगर्भित हुने गर्दथ्यो । उहाँको मष्तिष्क बन्दरगाहमा यात्राको लागि तयार भएर उभिएको कुनै सामरिक जहाजजस्तै लाग्थ्यो । उहाँ सँधै विचार प्रक्रियाको कुनै पनि दिशामा प्रस्थान गर्न तयार हुनुहुन्थ्यो । -पौललाफार्ग
-एक वैज्ञानिकको रूपमा माक्र्स सबै समकालिन विज्ञानहरूको टाकुरामा उभिनु भएको थियो । विरोधिहरूसमेत उहाँको अपार ज्ञान भण्डार समक्ष नतमस्तक हुन्थे । माक्र्ससित घनिष्ठरूपमा सम्बन्धित भएका मानिसहरू उहाँको प्रतिभा, उहाँको सर्वव्यापी ज्ञान देखेर चकित हुन्थे । -एभगेनिया स्तेपानोभा
-साम्यवादी समाजको सर्वोच्च चरणमा जब मानवलाई आफ्नो वशमा राख्ने श्रम विभाजन समाप्त हुनेछ । जब यसको साथै बौद्धिक तथा शारिरीक श्रमबीचको भेद पनि मेटिनेछ । जब श्रम जीवनधान्ने साधन बन्न छोड्नेछ र जीवनको पहिलो आवश्यकता बन्न जानेछ । जब व्यक्तिको चौतर्फी विकासका साथै उत्पादन शक्तिहरूले पनि पूर्ण विकास गर्नेछन् । सामाजिक सम्पन्नताका सब स्रोतहरू तीव्र गतिले बग्न थाल्नेछन् । त्यसै बेलामात्र वुर्जवा कानुनको संकिर्ण परिधिबाट मुक्त हुन सकिनेछ र समाजले आफ्नो झण्डामा लेख्न सक्नेछ । -माक्र्स
-वर्ग र वर्ग वैरभावहरूले मुक्त भएको पुरानो पँुजीवादी समाजको ठाँउमा एउटा यस्तो संघको जन्म हुनेछ । जसमा प्रत्येकको स्वतन्त्र विकास सबैको स्वतन्त्र विकासको लागि सर्त रहन्छ । -माक्र्स
-दार्शनिकहरूले विभिन्न ढंगबाट संसारको व्याख्यामात्र गरेका छन्, तर मुख्य कुरो त्यसलाई बदल्नु हो । -माक्र्स
-मानिसहरू आफ्नो इतिहास बनाउछन् । तर तिनीहरू आफुलाई जस्तो मन लाग्छ त्यसरुपमा बनाउँदैनन् । तिनीहरू आफूले चुनेका अवस्थाहरू अन्तर्गत बनाउदैनन् । बरु अतीतबाट प्रत्येक्षरूपले विद्यमान र पेवाको रुपमा प्राप्त अवस्थाहरू अन्तर्गत बनाउछन् । -माक्र्स