काठमाडौं । नेकपा एकीकृत समाजवादी दुई प्रदेशमा मुख्यमन्त्रीसहित चारवटा मन्त्रालय लिएर सरकारमा जाने भएको छ । नयाँ बानेश्वरमा आज बसेको स्थायी कमिटी बैठकबाट नेकपा (एस)ले चार मन्त्रालय लिएर सरकारमा जाने निर्णय गरेकाे नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।
दुई मुख्यमन्त्री लिनेगरी चार मन्त्रालय लिएर सरकारमा सहभागी हुने भयौँ, आजै उपमहासचिवमा नियुक्त भएका खतिवडाले भने, भोलि बेलुका पर्सी बिहानसम्म निर्णय गर्छों । त्यसपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।
उनकाअनुसार नेकपा (एस)ले सहरी मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन मन्त्रालय र श्रम मन्त्रालय पाएको छ ।