काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास पुगेका छन् । प्रधानमन्त्री देउवा केही बेरअघि शीतल निवास पुगेका हुन् ।
प्रधानमन्त्री देउवा शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । त्यसअघि उनले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन्।
बालुवाटार स्रोतले भने राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तालाई नियमित भनेको छ ।