सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

जसपाले टुंग्यायो मन्त्रीहरुको नाम


  • 883
    SHARES
  • https://indrenipost.com/posts/1083
    असोज २२, २०७८ शुक्रबार
    जसपाले टुंग्यायो मन्त्रीहरुको नाम

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रीको नाम टुंगो लगाएको छ । जसपाले आज बिहान पार्टीको तर्फबाट सरकारमा जाने चारजनाको नाम टुंगो लगाएको हो ।

    स्रोतका अनुसार राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रमोद साह र रामसहाय यादवलाई सरकारमा पठाउने निर्णय भएको छ । जसपाको कार्यकारिणी समितिले मन्त्रीको नाम टुंग्याउने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो ।

    जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी र वन तथा वातावरण मन्त्रालय पाउने भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij