सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

मन्त्रिपरिषद् विस्तार

काँग्रेसले टुंग्यायो चार नयाँ मन्त्री, कानुनमा बडू, र रक्षामा रिजाल


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1086
    असोज २२, २०७८ शुक्रबार
    काँग्रेसले टुंग्यायो चार नयाँ मन्त्री, कानुनमा बडू, र रक्षामा रिजाल

    काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले सरकारमा जाने नयाँ चार अनुहारको टुंगो लगाएको छ । काँग्रेसका तीनै समूहबाट चार मन्त्रीको टुंगो लागेको हो। जसअनुसार दिलेन्द्र बडू कानुन मन्त्री बन्ने भएका छन् । 

    त्यस्तै डा। मिनेन्द्र रिजालले रक्षा मन्त्रालय सम्हाल्ने भएका छन् । रिजाल र बडू दुवै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट उमा रेग्मीलाई महिला मन्त्रालय दिने भएका छन् ।

    त्यस्तै पूर्वमहामन्त्री कृष्ण सिटौला समूहबाट उमाकान्त चौधरीले खानेपानी मन्त्रालय सम्हाल्ने भएका छन् । त्यसैगरी कानुन मन्त्रीको जिम्मेवारी सम्हालिरहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयमा लगिएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij