सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

राजनीति

एकीकृत समाजवादी र नेकपा एकीकृतबीच पार्टी एकता

चुनाव चिह्न कलम रहने


  • 910
    SHARES
  • https://indrenipost.com/posts/1090
    असोज २२, २०७८ शुक्रबार
    एकीकृत समाजवादी र नेकपा एकीकृतबीच पार्टी एकता

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)बीच एकता भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकीकृतका अध्यक्ष जीवन राईबीच ८ बुँदे सहमतिअनुसार पार्टी एकता भएको हो । 

    दुई पार्टीबीच असोज ६ गते पार्टी एकताको सहमति भएको थियो । एकतापछि पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) पार्टी हुने र चुनाव चिह्न कलम हुने समझदारी बनेको छ । 

    राईले नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला पार्टी दर्ता गरेका थिए । उनी नेता नेपालनिकट विद्यार्थी नेता हुन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एकीकृत समाजवादी)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij