सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

समाचार

धुर्मुस-सुन्तलीले बनाउन सकेनन्, रंगशाला सरकारले बनाउनु पर्‍यो : मेयर रेणु दाहाल


  • 2.1K
    SHARES
  • https://indrenipost.com/posts/1095
    असोज २३, २०७८ शनिबार
    धुर्मुस-सुन्तलीले बनाउन सकेनन्, रंगशाला सरकारले बनाउनु पर्‍यो : मेयर रेणु दाहाल

    काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला अलपत्र परेको बताएकी छन् ।

    चितवन उद्योग संघको साधारणसभामा सहभागी भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले रंगशाला निर्माणको काम अब सरकारले अघि बढाउनुपर्ने बताइन् ।

    ‘देशकै गरिमा बोकेको रंगशाला निर्माणका लागि महानगरले जग्गा उपलब्ध गरायो, आवश्यक सबै सहयोग गर्‍यो । तर स्रोत जुटाउने जिम्मा लिएका धुर्मुस, सुन्तलीले बनाउन सकेनन्,’ मेयर दाहालले भनिन्, ‘अब रंगशाला निर्माणको जिम्मा सरकारले लिनुपर्ने भयो ।’

    सरकारमा रहेको गठबन्धनका नेता प्रचण्डसँग उनले बहुवर्षीय योजनाअन्तर्गत रंगशाला निर्माणको काम अघि बढाउनु पर्ने बताइन् ।

    क्रिकेट रंगशाला निर्माणकाक्रममा १६ करोड रुपैयाँ ऋण लागेपछि निर्माणको जिम्मा लिएको धुर्मुस(सुन्तली फाउण्डेशन अन्योलमा छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ उधारो तिर्न नसकेपछि रंगशाला निर्माणको काम रोकेर काठमाडौं पुगेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij