सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

प्रवास

एनआरएनएको १० औं विश्व सम्मेलन र निर्वाचन स्थगित


  • 856
    SHARES
  • https://indrenipost.com/posts/1107
    असोज २५, २०७८ सोमबार
    एनआरएनएको १० औं विश्व सम्मेलन र निर्वाचन स्थगित

    काठमाडौं । गैरआवासीय नपाली संघ (एनआरएनए)ले पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । संघले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १० औं विश्व सम्मेलन गर्ने तयारी गरेको थियो । 

    तर प्रतिनिधि चयन लगायतका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले दुई पटक सम्म पत्र काटेर विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न पत्राचार गरेपछि संघको आइतबार बसेको बैठकले निर्वाचन तथा महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । 

    संघका प्रवक्ता डिबी क्षेत्रीले संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार बसेको बैठकले आगामी ६ महिनाभित्र निर्वाचन गर्ने गरि सो विश्व सम्मेलन स्थगित गरेको रातोपाटीलाई बताए । उनका अनुसार संघका विशेष परिस्थितिमा ६ महिना विश्व सम्मेलन सार्न सकिन प्रावधानअनुसार ६ महिनाभित्र निर्वाचन गर्नेगरी सम्मेलन सर्ने निर्णय भएको हो । 

    अब परराष्ट्र मन्त्रालयलगायतसँग समन्वय गरी नयाँ मिति तय गरिनेछ ।  महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिएपछि निर्वाचनका सबै प्रकृया रोकिएको क्षेत्रीले दावी गरे । उनका अनुसार आइतबार भर्चुअल माध्यमबाट  अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बैठक बसेको थियो । 

    एनआरएनएमा अध्यक्षका प्रत्यासी कूल आचार्य समूहले प्रतिनिधि चयनमा विवाद रहेको दावी गर्दै परराष्ट्रमा उजुरी दिएको थियो । सो उजुरीपछि परराष्ट्रले दुई पटकसम्म एनआरएनएलाई पत्र काटेको थियो । 

    पछिल्लो पत्रमा संघको विधान अनुरुप तोकिएको मितिमा महाधिवेशन नगर्ने अमेरिका, युके, पोर्चुगल, फ्रान्स, साइप्रस, डेनमार्क, ओमान लगायतका राष्ट्रिय समितिको वैधानिकतामाथि मन्त्रालयले प्रश्न उठाउँदै नयाँ निर्वाचन गर्न निर्देशन दिएको थियो । पत्रमा संघको कुनै राष्ट्रिय समितिमा विद्यार्थीहरु सदस्य बनेका छन् भने त्यसको पुनरावलोकन गर्नु भनिएको छ । 

    सबै प्रक्रिया पुरा गरेरमात्रै निर्वाचन गर्न मन्त्रालयको निर्देशन छ । संघको संस्थापन समूहले परराष्ट्रले अनावश्यक हस्तक्षेप परेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ भने आचार्य समूहले धाँधली भएको विषयमा मन्त्रालयको हस्तक्षेप स्वाभाविक भएको जिकिर गर्दै आएको छ ।  एनआरएनएमा आचार्य र बद्री केसीका साथै रविना थापाले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij