बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

राजनीति

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1108
    असोज २५, २०७८ सोमबार
    संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।

    बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यस्तै‚ प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट ‍‘मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेश हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    प्रतिनिधिसभाको बैठक सभामुख सापकोटाको कार्यशैलीमा असन्तुष्टि जनाउँदै नेकपा (एमाले)ले निरन्तर अवरोध गर्दे आएको छ । यस्तै‚ राष्ट्रियसभाको बैठक पनि सोमबार दिउँसो २ बजे नै बस्दैछ । 

    बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

    यस्तै‚ प्रधानमन्त्री देउवाका तर्फबाट राष्ट्रिय दलित आयोग, मधेसी आयोग र मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङले अध्यागमन विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नेछन् ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०७६ लाई फिर्ता गर्न सभाको सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालले जनाएको छ ।  

  • सम्बन्धित विषय:

  • # संसद् बैठक
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij