आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

मौसमी विवरण

आज प्रदेश १ र वाग्मतीका केही स्थानमा हल्का वर्षा हुने


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/1184
    असोज २८, २०७८ बिहीबार
    आज प्रदेश १ र वाग्मतीका केही स्थानमा हल्का वर्षा हुने

    काठमाडौं । प्रदेश नम्बर–१ र वाग्मती प्रदेशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा छ । अहिले देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको महाशाखाले जनाएको छ ।

    महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनानुसार आज दिउँसो प्रदेश–१, प्रदेश नम्बर–२, वाग्मती तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

    प्रदेश–१ र वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    आज राति प्रदेश–१, प्रदेश–२, वाग्मती तथा बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

    प्रदेश–१ र वाग्मतीका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij