बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

क्रिश्चियन धर्म प्रचारक १७ जनाको अपहरण


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1235
    असोज ३१, २०७८ आइतबार
    क्रिश्चियन धर्म प्रचारक १७ जनाको अपहरण

    हैटी । हैटीमा १७ भन्दा बढी क्रिश्चियन धर्म प्रचारक अपहरणमा परेका छन् । परिवारका सदस्य र बालबालिकासहित १७ भन्दा बढी क्रिश्चियन धर्म प्रचारक हैटीको राजधानी पोर्टऔं प्रिन्सबाट अपहरणमा परेका हुन् ।

    उनीहरुलाई हैटीको एक सशस्त्र समूहले अपहरण गरेको बीबीसीले जनाएको छ । 'धर्म प्रचारकहरु अनाथाश्रमबाट अन्यत्र गइरहेको बेला अपहरणमा परेका छन्,' न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै बीबीसीले भनेको छ,‘अपहरणपछि सो धर्म प्रचारक समूहलाई अपहरणकारीको सशस्त्र समूहले कब्जामा राखेको छ ।’

    अमेरिकी सरकारले सो घटनाको अनुसन्धान अघि बढाएको बताइएको छ । हैटीको सशस्त्र समूहले वर्षौंदेखि राजधानी पोर्ट औ प्रिन्ससहित हैटीका विभिन्न विकट जिल्लाहरु आफ्नो नियन्त्रणमा लिएका छन् ।

    सो समूहले नियन्त्रणमा लिएका क्षेत्रहरुमा पछिल्लो समय अपहरणका घटना बढेको बताइएको छ । मानव अधिकार एवम् नागरिक समाजका अनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा मात्र करिब ६ सयभन्दा बढी अपहरणका घटना दर्ता भएका थिए ।

    त्यहाँ भूकम्पपछि अपहरणका घटना झनै बढेका छन् । हैटीमा गत अगष्टमा भूकम्प गएको थियो । भूकम्पका कारण २ हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij