काठमाडौं । कात्तिक ९ गतेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक दुई दिन सारिएको छ ।
नेकपा एमालेको आग्रहमा सभामुख अग्नी सापकोटाले बैठक सारेका हुन् । प्रतिनिधि सभाको बैठक ९ गते १ बजेका लागि डाकिएको थियो ।
संसद सचिवालयले सूचनामार्फत् उक्त बैठक ११ गते २ बजेका लागि सारिएको जानकारी दिएको हो ।
कात्तिक ९ गते एमालेले देशभरका ७५३ वटै स्थानीय तहमा अधिवेशन गर्दैछ । त्यसअघि कात्तिक ६ गते एमालेको देशभरका वडाहरुमा अधिवेशन हुँदैछ ।