काठमाडौं । नेकपा माओवादी केन्द्रले ३४ विभाग र प्रतिष्ठानको नेतृत्व टुंगो लगाएको छ । माओवादीको स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको ३३ वटा केन्द्रीय विभाग गठन गरेको हो ।
बैठकले लेखा समिति अध्यक्षमा पेशल खतिवडा, निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठ, ज्येष्ठ नागरिक मञ्चमा नन्दकुमार प्रसाईलाई अध्यक्ष बनाएको छ भने सम्पर्क समितिमा डिलाराम आचार्यलाई तोकिएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता कृष्णबहादुर महराले विभाग गठन र डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समितिको गठन गरेको बताए ।
उनले बैठकले ३५ सदस्यीय रहने गरी विभाग गठन गरेको जानकारी पनि दिए। त्यस्तै विभाग बाहेक रामचन्द्र झाको नेतृत्वमा नीति तथा अनुसन्धान प्रतिष्ठान बनाउने निर्णय गरिएको छ ।
प्रवक्ता महराका अनुसार स्कूल विभागको संयोजकमा गिरिराजमणि पोखरेल र इन्चार्जमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन् ।
प्रवक्ता महराले पार्टी सदस्यताको काम ५० प्रतिशत सकिएको बताउँदै अबको एक हप्तामा सदस्यताको काम पूरा हुने बताए। उनले राष्ट्रिय महाधिवेशनमा ५ देखि ६ लाखसम्म नयाँ पार्टी सदस्य बनाउने लक्ष्य राखेको पनि बताए ।
यी हुन्, विभाग प्रमुखहरू
१. अर्थ तथा योजना विभाग -वर्षमान पुन
२. संगठन विभाग -जनार्दन शर्मा
३. उद्योग विभाग वामदेव -क्षेत्री
४. उपभोक्ता हित तथा आपुर्ति विभाग -मातृका प्रसाद यादव
५. कृषि तथा भूमिसुधार विभाग -हरिबोल गजुरेल
६. कोष तथा आर्थिक व्यवस्थापन विभाग -डोरप्रसाद उपाध्याय
७. खानेपानी तथा सरसफाइ विभाग -बिना मगर
८. समाज कल्यान विभाग -सत्य पहाडी
९. जलस्रोत, सिचाइ तथा उर्जा विभाग -लीलामणि पोखरेल
१०. निर्वाचन विभाग -खिमलाल देवकोटा
११. कानुन, न्याय तथा मानव अधिकार विभाग -मुक्ति प्रधान
१२. पर्यटन प्रर्वद्धन तथा नागरिक उड्डयन विभाग -झक्कु प्रसाद सुवेदी
१३. प्रचारप्रसार तथा प्रकाशन विभाग -कृष्ण बहादुर महरा
१४. प्रादेशिक मामिला विभाग -परशुराम तामाङ
१५. स्कुल विभाग -गिरीराजमणि पोखरेल
१६. पुस्तकालय तथा अभिलेख विभाग -नारायण प्रसाद शर्मा
१७. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग -हरि अधिकारी
१८. युवा तथा खेलकुद विभाग -गणेशमान पुन
१९. राजकीय मामिला तथा सुशासन विभाग -रेखा शर्मा
२०. वन तथा वातावरण विभाग -शक्ति बहादुर बस्नेत
२१. विज्ञान तथा प्रविधि विभाग -गणेश साह
२२. विदेश मामिला विभाग -नारायणकाजी श्रेष्ठ
२३. शिक्षा तथा मानव स्रोत विभाग -मायाप्रसाद शर्मा
२४. श्रम तथा रोजगार विभाग -रामेश्वर राय यादव
२५. संघीय संसदीय मामिला -देव प्रसाद गुरुङ
२६. सहकारी तथा गरिबी निवारण विभाग -धर्मदत्त देवकोटा
२७. सहरी विभाग -देवेन्द्र पौडेल
२८. सामान्य प्रशासन विभाग -टेक बहादुर बस्नेत
२९. साहित्य कला तथा संस्कृति विभाग -गोपाल ठाकुर
३०. स्थानीय तथा विकास विभाग -उर्मिला अर्याल
३१. स्वास्थ्य तथा जनसंख्या विभाग -कल्पना धमला